गुल्मी अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द

तम्घास, १० असोज । गुल्मी अस्पताल तम्घासको आकस्मिक सेवा वाहेक अन्य सम्पूर्ण सेवाहरु अनिश्चितकालका लागि बन्द गरिएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. उत्तम पच्यालाई कोरोना पुष्टि भएपछि अस्पतालले सार्वजनिक रुपमा सूचना जारी गर्दै आकस्मिक सेवा बाहेक अन्य सेवा बन्द गर्ने जनाएको हो ।

कोभिड -१९ डायग्नोष्टिक ल्याब्रोटोरी तम्घासमा गरिएको स्वाँव परीक्षणको क्रममा डा. पच्या सहित १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको बताइएको छ ।

बिहीबार कन्ट्रयाक्ट ट्रेसिङका आधारमा प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मा, स्वास्थ्य कार्यालयका प्रमुख डा. भवानीप्रसाद शर्मा सहित जिल्ला अस्पताल र स्वास्थ्य कार्यालयका सम्पूर्ण स्वास्थ्यकर्मी गरी १ सय १२ जनाको स्वाँब सङ्कलन गरिएको छ ।

पहिलो पटक ३६ जनाको स्वाँव परीक्षण गर्दा १६ जनामा कोरोना रिपोट पोजेटिभ देखिएको जनाइएको छ । शुक्रबार  मुसिकोट नगरपालिकाका ६७ जनामा गरिएको स्वाँव परीक्षणमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सहित ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने थप ६ जनाको ¥यापिड टेष्टमा राखिएको र त्यस बाहेक अन्य सबै जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *