काठमाडौँ उपत्यकामा थपिए ६३७ जना कोरोना संक्रमित

काठमाडौँ, ७ असोज । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ६३७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ४९२, ललितपुरमा ५० र भक्तपुरमा ९५ जनालाई कोरोना संक्रमण देखिएको छ।
मन्त्रालयका अनुसार अहिले उपत्यकाका तीनवटै जिल्ला ५०० बढी सक्रिय संक्रमित हुनेमा सूचीकृत रहेका छन् ।
पछिल्लो २४ घण्टामा ११ सय ७२ जनामा कोरोना संक्रमित पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ६७ हजार ८०४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
त्यसैगरी आज १८ सय ९३ जना निको भएर डिस्चार्ज भएका छन् । आजको पीसीआर ९ हजार ४४९ रहेको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



