कोरोनाका सक्रिय संक्रमित २५ हजार नाघे पुन: ‘लकडाउन’ !

काठमाडौँ, ७ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशमा कोरोना भाइरस (कोभिड -१९) संक्रमितको संख्या २५ हजार नाघेको खण्डमा लकडाउन गर्न सिफारिस गर्ने निर्णय गरेको छ ।

मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टम (आइसीएस)का संयोजक समेत रहेका सचिव लक्ष्मण अर्यालको अध्यक्षतामा बसेको पदाधिकारी बैठकले यो निर्णय मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

आजको दिनमा देशमा कोरोना संक्रिय संक्रमितको संख्या १७ हजार ४१४ रहेको छ ।

प्रवक्ता डा गौतमले २५ हजार बढी सक्रिय संक्रमित रहेको खण्डमा देशको बर्तमान स्वास्थ्य संयन्त्रले संक्रमण नियन्त्रण गर्न समस्या हुनसक्ने भन्दै यस्तो निर्णय लिएको बताए ।

यस्तै बैठकले पछिल्लो समय संक्रमण दर बढेको र जोखिम उच्च रहेकोले जनस्वास्थ्यको मापदण्ड पालाना हुन नसक्ने खालका सबै सेवा र व्यवसाय कम्तिमा एक महिना नखोल्न सिफारिस गर्ने समेत निर्णय गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *