स्वास्थ्य मन्त्री भानुभक्त ढकाल पुन: होम क्वारेन्टिनमा

1.4k
Shares

काठमाडौँ, ५ असोज । परिवारको एक जना सदस्यमा कोरोना संक्रमण देखिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल पुनः क्वारेन्टिनमा बसेका छन् । उनी गत आइतबारबाट पुल्चोकस्थित मन्त्री निवासमै बनाइएको होम क्वारेन्टिनमा बसेका हुन् ।

‘चार दिन अघि परिवारको एक सदस्यमा कोरोना संक्रमण देखियो, उहाँ प्राइमरी कन्ट्याक्टमा पर्नु भयो ,  त्यसपछि मन्त्री ज्यू आइतबार देखि क्वारेन्टिनमा हुनुहुन्छ । अब एक दुई दिन पछि उहाँको पनि पीसीआर परीक्षण हुन्छ,’ मन्त्रालयको सचिवालय स्रोतले भन्यो ।

यसअघि पनि परिवारका एक जना सदस्यमा संक्रमण देखिएपछि मन्त्री ढकालल एक साता क्वारेन्टिनमा बसेका थिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *