काठमाडौँ उपत्यकामा थप ६७४ जनामा कोरोना संक्रमण

212
Shares

काठमाडौँ, ५ असोज । पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा थप ६७४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । उपत्यकाको यो संक्रमण देशभर आज थपिएको संक्रमितहरुको ५८.४ प्रतिशत हो । आज देशभर १ हजार १५४ जना संक्रमित थपिएका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौविस घण्टामा काठमाडौँमा ५३८ जना, ललितपुरमा ६२ जना र भक्तपुरमा ७४ जना गरी ६७४ जनामा संक्रमण देखिएको हो ।

काठमाडौँ जिल्ला आज पनि देशभर बढी नयाँ संक्रमित थपिने जिल्लामा पहिलो भएको छ । यहाँको आजको संक्रमण देशभर आज देखिएको कुल संक्रमणको ४७ प्रतिशत हो ।

काठमाडौँ जिल्ला आज पनि देशभर बढी नयाँ संक्रमित थपिने जिल्लामा पहिलो भएको छ । यहाँको आजको संक्रमण देशभर आज देखिएको कुल संक्रमणको ४७ प्रतिशत हो ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज देशभर ३ महिला र १३ जना पुरुष गरी कुल १६ जनाको कोरोना संक्रमणबाट ज्यान गएको बताए । त्यसो त यहि अवधीमा १ हजार ५ जनाले कोरोना नेगेटिभ भई डिस्चार्ज भएका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *