स्वास्थ्य विभागका दुई जना कर्मचारीमा कोरोना संक्रमण
काठमाडौँ, ५ असोज । दुई जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तरगर्तको पोषण शाखा शिल गरिएको छ । गत शुक्रबार दुई जना महिला कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
दुई जना कर्मचारीमा कोरोना पुष्टि भएपछि अहिले पोषण शाखा बन्द गरिएको छ ।
‘संक्रमण देखियो, त्यसैले निसंक्रमणका लागि दुई दिन देखि कार्यालय स्यानिटाइज गरी शील गरेका छौँ । अब एक दुई दिनपछि कार्यालय खोल्नेछौँ । अहिले त हामी सबै होम क्वारेन्टिनमा रहेका छौँ,’ पोषण शाखा प्रमुख केदार पराजुलीले भने ।
उनले संक्रमित कर्मचारीको पनि स्वास्थ्य अवस्था सामान्य भएकोले होम आइसोलेसनमा रहेको जानकारी दिए ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



