पीजी तहको लाइसेन्स परीक्षा १२ र १३ मंसिरमा गर्ने निर्णय

712
Shares

काठमाडौँ, ५ असोज । नेपाल मेडिकल काउन्सिलले चिकित्सा तर्फको पोष्ट ग्राजुएट्स (पीजी) तहको नाम दर्ता (लाइसेन्स) परीक्षा आगामी १२ र १३ मंसिरमा गर्ने निर्णय गरको छ । कोरोना महामारीसंगै रोकिएको पीजी तहको लाइसेन्स परीक्षा स्वास्थ्य सुरक्षा अपनाइ आगामी १२ र १३ मंसिरमा गर्ने निर्णय भएको काउन्सिल रजिष्ट्रार डा कृष्णप्रसाद अधिकारीले बताए ।

काउन्सिलले पीजी तहको परीक्षा हरेक बर्ष चार चार महिनामा लिने गर्दथ्यो । कोरोना महामारी पछि सो परीक्षा रोकिएको थियो ।

त्यसो त, कोरोना महामारीकैबीच काउन्सिलले गत २० भदौमा अन्डरग्राजुए्ट (एमबीबीएस र बीडीएस) तहको चिकित्सक नाम दर्ता परीक्षा सम्पन्न गरेको छ ।

आगामी १ कात्तिकमा पनि सोही तहको परीक्षा लिँदैछ । ती परीक्षाहरु उपत्यका बाहेक मोफसलमा पनि सेन्टर तय गरी लिइने गरिएको छ । तर काउन्सिलले पीजी तहको लाइसेन्स परीक्षा केन्द्र भने उपत्यकामा मात्रै हुने स्पष्ट पारेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *