डा गोविन्द केसी आइसीयूमा, तर स्वास्थ्य जाँच गर्न मानेनन्

216
Shares

काठमाडौँ, ४ असोज । जुम्लामा अनसनरत डा गोविन्द केसीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसीयूमा सारिएको छ । तर उनले स्वास्थ्य जाँच गर्न मानेका छैनन् ।

स्थानीय प्रशासनले डा केसीको स्वास्थ्य थप बिग्रन सक्ने भन्दै शनिबार राती पौने ११ बजे डा केसीलाई बाबिरा मस्ट मन्दिर परिसरबाट अस्पताल साररेको थियो । उनले आफूलाई जवरजस्ती अपहरण शैलीमा सारिएको भन्दै स्वास्थ्य जाँच गर्न नमानेका हुन् ।

अस्पतालद्धारा आज जारी विज्ञप्तीमा डा केसीलाई आइसीयूमा राखिएको तर स्वास्थ्य जाँच गर्न नमानेको उल्लेख छ । ‘हिजो अस्पताल ल्याउनु अघिसम्म दिनमा तीनपटक जाँच गरेका थियौँ तर अस्पताल ल्याइसकेपछि सबै खालको स्वास्थ्य जाँच लिन नमान्नु भएकोले प्रेसर, मुटुको गति, शरीरको तापक्रम, पीसावको मात्रा, अक्सिजनको मात्रा आदि कुनै पनि जाँच गर्न सकिएको छैन्,’ डा प्रविणकुमार गिरी, डा धिरज गुरुङ, ड अनुपमंगल समाल र सविना थापाद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *