काठमाडौँ उपत्यकामा थपिए ७११ जना कोरोना संक्रमित

काठमाडौँ, ३ असोज । काठमाडौँ उपत्यकामा थप ७११  जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ५७०  जना, भक्तपुरमा ८३ र ललितपुरमा ५८ जना गरी कुल ७११  जनामा संक्रमण देखिएको छ ।

त्यसैगरी पछिल्लो चौविस घण्टामा देशभर थप १ हजार २०४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

देशभरका बिभिन्न प्रयोगशालामा १० हजार ३३३ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप १ हजार २०४ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ४४७ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *