काठमाडौँ उपत्यकामा थपिए ७११ जना कोरोना संक्रमित

456
Shares

काठमाडौँ, ३ असोज । काठमाडौँ उपत्यकामा थप ७११  जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ५७०  जना, भक्तपुरमा ८३ र ललितपुरमा ५८ जना गरी कुल ७११  जनामा संक्रमण देखिएको छ ।

त्यसैगरी पछिल्लो चौविस घण्टामा देशभर थप १ हजार २०४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

देशभरका बिभिन्न प्रयोगशालामा १० हजार ३३३ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप १ हजार २०४ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ४४७ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *