कांग्रेस महामन्त्री डा शशांक ॐ अस्पतालबाट डिस्चार्ज

काठमाडौँ, ३ असोज । पाँच दिनको उपचार पछि नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइराला अस्पतालबाट डिस्चार्ज भएका छन् । केही बेर अघि उनी चावहिलस्थित ॐ अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

गत २३ भदौमा कोरोना संक्रमण पुष्टि भएका कोइरालाको होम आइसोलेसनमा बसेका थिए । तर पछिल्लो साता स्वास्थ्य थप विग्रिएपछि मंगलबारबाट ॐ अस्पताल भर्ना भएका थिए ।

उपचारमा सम्लग्न डा विश्वनाथ कोइरालाले स्वास्थ्यमा सुधार आएपछि आज डिस्चार्ज भएको बताए । तर उनले महामन्त्री कोइराला अझै केही दिन होम आइसोलेसनमा रहने जानकारी दिए ।

स्रोतका शुक्रबार बेलुका गरिएको पीसीआर परीक्षणमा महामन्त्री डा कोइरालाको सीटी भ्यालु ३२.७ आएको छ । ‘एघार दिन अघि उहाँको सिटिभ्यालु १७ थियो । अहिले ३२.७ पुगेको छ । यो ३५ नाघेपछि पीसीआर नेगेटिभ भएको मानिन्छ । त्यसैले अझै केही दिन होम आइसोलेसनमा बस्न भनिएको हो,’स्रोतले भन्यो ।

उपचारमा सम्लग्न डा कोइरालालले कोरोनाको खतरा टरेपछि डिस्चार्ज गरिदिएको बताए । उनले महामन्त्री कोइरालालाई चलाइएको रेमडिसिभिर औषधिको डोज आज सकिएको समेत जानकारी दिए ।

‘निमोनिया र कोरोना अहिले पूर्ण निको भइसकेको होइन । खतरा टरेको हो । र निको हुने क्रममा रहेको हो । त्यसैले हामीले डिस्चार्ज गरिदिएका हौँ । वहाँ घरमा गएर तीन चार दिन बस्नु हुन्छ र त्यसपछि मात्रै सार्वजनिक हुनुहुन्छ,’ उनले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *