प्राडा प्रेमराज ज्ञवाली बने लगातार दोस्रो पटक सुप्रवल जनसेवा श्री (तृतीय) पाउने डाक्टर

काठमाडौँ, ३ असोज । प्राडा प्रेमराज ज्ञवाली सुप्रवल जनसेवा श्री (तृतीय)बाट लगातार दोस्रो पटक विभूषित हुने भाग्यमानी डाक्टर बनेका छन् । संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदान गर्ने विभिन्न मानपदवी अलंकार तथा पदक पाउने व्यक्तिहरुको सूचीमा उनको नाम सुप्रवल जनसेवा श्री (तृतीय) पदवी पाउनेमा रहेको छ ।

यही पदवीबाट उनी गतवर्ष पनि विभूषित भएका थिए । गतवर्ष उनी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत चिकित्सकको रुपमा विभुषित भएका थिए । यसपटक उनी भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशकको रुपमा विभुषित हुन् लागेका हुन् ।

मिर्गौला प्रत्यारोपणविद डा ज्ञवाली प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपणमा नेतृत्वदायी भूमिका खेलेको बताइने गरेको छ । त्यसैले पनि उनलाई यसपटक पनि सोही मानपदवीबाट विभुषित गर्न खोजिएको कतिपयको अनुमान छ ।

तर कतिपय चिकित्सकले भने एउटी पदवी एउटै व्यक्तिलाई लगातार दिइनु र लिईनुले पदवीको गरिमा घटाउने त होइन भन्दै चिन्ता व्यक्त गरेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *