काठमाडौँ उपत्यकामा थप ५९७ जनामा कोरोना संक्रमण

0
Shares

काठमाडौँँ, २८ भदौ । पछिल्लो चौविस घण्टामा थप ५९७ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ४८३ जना, ललितपुरमा ३३ र भक्तपुरमा ८१ जनामा गरी कुल ५९७ जनामा कोरोना संक्रमण देखिएको हो ।

देशभरका प्रयोगशालामा पछिल्लो चौविस घण्टामा ९ हजार १६५ जनाको पीसीआर परीक्षण गरिएको थियो । त्यसमध्ये १ हजार ३९ जनामा कोरोना पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो चौविस घण्टामा १ हजार १७३ जनाले कोरोना संक्रमण जितेका छन् ।

कोरोना संक्रमणपछि गम्भीर अवस्थामा पुगि आज आइसीयूमा उपचार गराउनेको संख्या १६९ जना र रभेन्टिलेटरमा २३ जना रहेको समेत प्रवक्ता डा गौतमले बताए ।

यस्तै पछिल्लो चौविस घण्टामा ९ जना कोरोना संक्रमितको ज्यान गएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *