पचास प्रतिशतले घट्यो कोभिड-१९ परीक्षण शुल्क, अब पीसीआर जाँच गर्दा २ हजार तिरे पुग्ने
काठमाडौँ, २८ भदौ । सरकारले रियलटाइम पीसीआर परीक्षणको शुल्क दोस्रो पटक पचास प्रतिशतले घटाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब देशभरका पीसीआर परीक्षण गर्ने प्रयोगशालाले अब बढीमा २ हजार शुल्क लिन सक्ने जनाएको छ ।
मन्त्रालयले शुरुमा पीसीआर परीक्षणको शुल्क ५ हजार ५ सय रुपैयाँ तोकेको थियो । तीन साता अघि यसको मूल्य घटाएर ४ हजार रुपैयाँमा झारेको थियो । अहिले त्यसको पचास प्रतिशत कम अर्थात २ हजार रुपैयाँमा तोकिएको छ ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विश्व बजारमा विश्व बजारमा पीसीआर किट्को मूल्य घटेपछि मूल्य घटाइएको बताएका छन् ।
देशमा हरेक दिन औषत साढे ११ हजारको पीसीआर परीक्षण गरिने गरेको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



