देशभर थपिए १ हजार ३९ जना कोरोना संक्रमित, संक्रमितको संख्या ५४ हजार नाघ्यो

काठमाडौँ, २८ भदौ । पछिल्लो चौविस घण्टामा देशभर १ हजार ३९ जनामा कोरोना भाइरस (कोभिड-१९)संक्रमण देखिएको छ ।

पछिल्लो चौविस घण्टामा देशभरका बिभिन्न प्रयोगशालामा ९ हजार १६५ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप १ हजार ३९ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले चौबिस घण्टामा १ हजार ३९ जनामा संक्रमण देखिएको बताए ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या ५४ हजार १५९ हजार  पुगेको छ । हालसम्म देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ११७ रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभर थप १ हजार १७३ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या ३८ हजार ६९७ सय पुगेको छ ।

शून्य संक्रमितहरू रहेका जिल्ला ७ वटा छन भने ५ सय भन्दा माथि उपचाररत संक्रमितहरू रहेका जिल्ला ८ वटा छन् ।

देशभरका क्वारेनटिनमा ६ हजार ५३६जना रहेका छन् । त्यसैगरी होम क्यारेनटिनमा ७ हजार ३८७ रहेका छन् । त्यसैगरी संस्थागत आइसोलेसनमा ७ हजार ७३० जना रहेका छन् । आइसीयूमा १६९ जना र भेन्टीलेटरमा २३ जना उपचाररत छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *