फार्मासिस्टहरुको लाइसेन्स परीक्षा १० असोज देखि २७ असोजसम्म

0
Shares

काठमाडौं, २८ भदौ ।  कोभिड१९ कारण यसअघि स्थगित भएको नेपाल फार्मेसी परिषदको १५ औँ नाम दर्ता (लाइसेन्स) परीक्षा आगामी १० असोज देखि शुरु हुने भएको छ । प्रदेशस्तरीय परीक्षा केन्द्र तोकेर हुन लागेको परीक्षा यसपटक २७ असोजसम्म चल्नेछ ।

परिषद्का अनुसार १० असोजमा बागमती प्रदेशको काठमाडौँ केन्द्रमा परीक्षा हुनेछ । १४ असोजमा प्रदेश नं ५ को परीक्षा बुटवलमा हुनेछ ।

यस्तै १७ असोजमा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको परीक्षा नेपालगञ्जमा हुनेछ । २० असोजमा प्रदेश नं १ को परीक्षा बिराटनगरमा हुनेछ । २३ असोजमा गण्डकी प्रदेशको परीक्षा पोखरामा हुनेछ । र २७ असोजमा प्रदेश नं २ को परीक्षा जनकपुरमा हुने छ ।

परिषदले प्रवेशपत्र ६ असोजबाट वितरण गर्ने बताएको छ । परीक्षा डिप्लोमा इन फार्मेसीको विहान १० बजे देखि र व्याचलर इन फार्मेसीको दिउसो १ : ३० बजेबाट शुरु हुने जनाएको छ ।

काउन्सिलबाट लाइसेन्स लिनका लागि यसपटक व्याचलर इन फार्मेसी (फार्मासिस्ट) मा ७०४ जना र डिप्लोमा इन फार्मेसी (फार्मेसी असिस्टेन्ट) मा ९०० जनाको आवेदन परेको छ ।

यसअघि सरकारले सरकारले फार्मासिस्टहरुको नाम दर्ता (लाइसेन्स) परीक्षा सञ्चालन गर्न नेपाल फार्मेसी काउन्सिललाई स्वीकृति दिएको थियो । गत १९ भदौमा बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य सुरक्षा सम्वन्धी सम्पूर्ण मापदण्ड पुरा गरी परीक्षा सञ्चालन गर्न काउन्सिललाई स्वीकृति दिएको हो ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *