यस्तो छ सार्क राष्ट्रमा कोरोना संक्रमणकोे पछिल्लो अवस्था

काठमाडौँ, २८ भदौ । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) अन्तरर्गतका ८ वटा देशमा अहिलेसम्म ५४ लाख ९३ हजार २६ जनामा कोरोना संक्रमण देखिएको छ । त्यसमध्ये ८६.५० प्रतिशत संक्रमित भारतमा रहेका छन् ।

सार्कमा पहिलो भएको भारत सबैभन्दा बढी कोरोना संक्रमित हुने संसारकै दोस्रो मुलुक बनेको छ । भारतमा अहिलेसम्म ४७ लाख ५१ हजार ७७८ जनामा कोरोना संक्रमण देखिएको छ । कोरोनाकै कारण अहिलेसम्म भारतमा ७८ हजार ६१४ जनाले ज्यान गुमाएका छन् ।

सार्कमा दोस्रो बढी कोरोना संक्रमित हुने देशको सूचीमा बंगलादेश रहेको छ । बंगलादेशमा ३ लाख ३६ हजार ४४ जनामा संक्रमण देखिएको छ । कोरोनाकै कारण बंगलादेशमा अहिलेसम्म ४ हजार ७०२ जनाले ज्यान गुमाएका छन् । संसारकै सबैभन्दा बढी संक्रमित हुने राष्ट्रको सूचीमा यो देश १५ औँ स्थानमा रहेको छ ।

सार्कको तेस्रो बढी कोरोना संक्रमित हुने देशको सूचीमा पाकिस्तान रहेको छ । त्यहाँ अहिलेसम्म ३ लाख ९५५ जनामा कोरोना संक्रमण देखिएको छ । कोरोना संक्रमणबाट अहिलेसम्म ६ हजार ३७३ जनाले ज्यान गुमाएका छन् । यो संख्या दोस्रो स्थानमा रहेको बंगलादेशको भन्दा बढी हो । यो संसारकै सबैभन्दा बढी कोरोना संक्रमित हुने राष्ट्रको सूचीमा १७ औँ स्थानमा रहेको छ ।

सार्कको चौथो बढी कोरोना संक्रमित हुने स्थानमा नेपाल रहेको छ । यहाँ अहिलेसम्म ५३ हजार १२० जनामा कोरोना संक्रमण देखिएको छ । कोरोनाकै कारण ३३६ जना नेपालीले ज्यान गुमाई सकेका छन् । संसारकै सबैभन्दा बढी संक्रमित हुने राष्ट्रहरुको सूचीमा नेपाल अहिले ५५ औँ स्थानमा रहेको छ ।

सार्कको पाँचौँ स्थानमा अफगानिस्तान रहेको छ । त्यहाँ अहिलेसम्म ३८ हजार ६४१ जनामा कोरोना संक्रमित फेला परेका छन् । कोरोनाबाट अहिलेसम्म १ हजार ४२० जनाको मृत्यु भएको छ । यो संसारकै सबैभन्दा बढी संक्रमित हुने राष्ट्रको सूचीमा ६३ औँ स्थानमा रहेको छ ।

सार्क राष्ट्रको छैटौँ बढी कोरोना संक्रमित हुने देश मालदिव्स रहेको छ । त्यहाँ अहिलेसम्म ९ हजार ५२ जनामा कोरोना संक्रमण देखिएको छ । कोरोनाबाट अहिलेसम्म ३१ जनाले ज्यान गुमाएका छन् । सबैभन्दा बढी संक्रमित हुने संसारका देशहरुको सूचीमा मालदिब्स ९७ औँ स्थानमा रहेको छ ।

त्यसपछि अर्थात सबैभन्दा बढी कोरोना संक्रमित हुने सार्कको सातौँ स्थानमा श्रीलंका रहेको छ । श्रीलंकामा अहिलेसम्म ३ हजार १९५ जनामा मात्रै संक्रमण रहेको छ । यहाँ अहिलेसम्म १२ जनाले मात्रै ज्यान गुमाएका छन् । नेपाल र श्रीलंकामा लगभग एकै समयमा संक्रमण देखिएको थियो । तर श्रीलंकाले संक्रमणलाई फैलिन नदिन सफल देखिएको छ । संसारकै सबैभन्दा बढी कोरोना संक्रमण हुने देशको सूचीमा श्रीलंका १३१ औँ स्थानमा छ ।

सार्क राष्ट्रमा सबैभन्दा कम कोरोना संक्रमित हुने देश अर्थात आठौँ नम्बरको सूचीमा परेको छ भुटान । यहाँ अहिलेसम्म २४१ जनामा मात्रै कोरोना संक्रमण देखिएको छ । कोरोनाबाट अहिलेसम्म एक जनाको पनि ज्यान गएको छैन् । संसारका बढी संक्रमित देशहरुको सूचीमा भुटान १८५ औँ स्थानमा छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *