चार संघीय अस्पतालका मेसु र मेट्रोन परिवर्तन

0
Shares

काठमाडौँ, २६ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केन्द्रीय कारागार अस्पताल प्रमुखको जिम्मेवारी डा श्रीराम तिवारीलाई दिएको छ । बुधबारको स्वास्थ्य मन्त्रीस्तरीय निर्णयबाट डा तिवारीलाई सो जिम्मेवारी दिइएको हो ।

डा तिवारी भरतपुर अस्पतालका मेडिकल सुपरीटेन्डेन थिए । उनको ठाँउमा भेरी अस्पतालमा कार्यरत डा राजन पाण्डेलाई पठाइएको छ ।

यस्तै नेपालगञ्जस्थित सुशील कोइराला प्रखर अस्पतालको निर्देशक पदमा डा कृष्ण आचार्यलाई नियुक्त गरिएको छ । यसअघि त्यहाँ निर्देशकको जिम्मेवारीमा रहेका वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका डा विश्वराज पौडेलको काज फिर्ता गरिएको मन्त्रालयका सहसचिव रघुराम विष्टले जानकारी दिए ।

यस्तै उनले कान्ति बाल अस्पतालको मेट्रोन पदमा कविता पाण्डेलाई नियुक्त गर्ने निर्णय गरेको समेत जानकारी दिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *