त्रिवि शिक्षण अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा दिनेश काफ्ले नियुक्त

116
Shares

काठमाडौँ, २४ भदौ ।  त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल)को कार्यकारी निर्देशक पदमा प्राडा दिनेश काफ्ले नियुक्त भएका छन् । त्रिवि चिकित्साशास्त्र अध्ययन् संस्थान (आईओएम) को डीन प्राडा दिव्यासिंह शाहको सिफारिसमा त्रिवि उपकुलपति प्राडा धर्मकान्त बास्कोटाले  प्राडा काफ्लेलाई मंगलबार  कार्यकारी  निर्देशक पदमा नियुक्त गरेका हुन् ।

यसअघि त्रिविले डीन प्राडा शाहको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको थियो । उक्त समितिमा प्राडा घनश्याम गुरुङ र प्राडा रामचन्द्र अधिकारी सदस्य थिए ।

यसअघिका निर्देशक प्राडा प्रेम खड्गाले अनिवार्य अवकाश पाएपछि त्रिविले प्राडा रोहितकुमार पोखरेललाई तीन महिनाका लागि निमित्त निर्देशक बनाएको थियो ।

चार बर्षे कार्यकालका लागि निर्देशक नियुक्त भएका प्राडा काफ्लेले आजै अस्पताल पुगेर पदवहाली गरेका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *