उपत्यकाको निषेधाज्ञा एक साता लम्ब्याउन स्वास्थ्यको सुझाव

काठमाडौँ, २४ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकामा जारी निषेधाज्ञा थप एक साता लम्व्याउन पर्ने बताएको छ । कोरोना संक्रमण हुने क्रममा कमि नआएका कारण निषेधाज्ञालाई कम्तिमा एक साता लम्व्याउन पर्ने बताएको हो । विगत तीन साता देखि जारी लकडाउन आज राती १२ बजे देखि सकिदै छ ।

मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठले उपत्यकामा अहिले पनि जोखिम नघटेको भन्दै जारी निषेधाज्ञा कम्तिमा एक साता निरन्तरता दिनुपर्ने बताए । ‘स्वास्थ्यको मापदण्ड २०० बढी एक्टीभ केश भएका ठाँउमा लकडाउन र ५०० बढी एक्टीभ केस भएका ठाँउमा कर्फ्यु नै लगाउने भन्ने हो । उपत्यकामा अहिले यी दुबै मापदण्ड नाघेको छ । त्यसैले अहिले निषेधाज्ञा खोल्नु हुन्न भन्ने हो । तर यस सम्वन्धी निर्णय हामीले होइन, गृहमन्त्रालय अन्तरर्गतको स्थानीय प्रशासनले गर्नेछ,’ उनले भने ।

मन्त्रालयका कोभिड -१९ इन्सीडेन्ट कमाण्ड सिस्टम (आइसीएस) प्रमुख डा गुणराज लोहनीले जनस्वास्थ्यको हिसावले निषेधाज्ञालाई निरन्तरता दिनु पर्ने बताए । ‘अहिले पूर्ण रुपमा खोलिदिँदा अस्पताल र चिकित्सकहरुले केश व्यवस्थापन गर्न गाहे पर्न सक्छ । किनभने अहिले खोलियो भने केश त बढ्ने नै हो । अस्पतालमा ठाँउको पनि समस्या हुनसक्छ । त्यसैले पनि एक साता कडा रुपमा निषेधाज्ञा गर्नु नै उचित हुने हो,’ उनले भने ।

कतिपय विज्ञहरुले निषेधाज्ञा मात्रै समाधान नभएको भन्दै विकल्प खोजेर अघि बढ्न सुझाव दिएका छन् । उनीहरुले जारी निषेधाज्ञालाई खुकुलो बनाई जनजीवनलाई सामान्य बनाउन समेत अनुरोध गरेका छन् ।

उपत्यकाका नगरपालिका फोरमले सिमाबाट प्रवेश गर्ने नाकामा कडाई गर्ने र उपत्यकाको जनजीवन खुकुलो बनाउन पर्ने बताएको छ । उसले यसअघि जस्तै निजी सवारी साधानलाई जोर विजोर प्रणालीमा सञ्चालन गर्न सुझाव दिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *