पाल्पा अस्पतालको आकस्मिक बाहेकका सेवा बन्द

0
Shares


पाल्पा, २२ भदौ । एक हप्तादेखि भर्ना गरी राखिएको बिरामीलाई कोरोना सङ्क्रमण देखिएपछि पाल्पा अस्पतालले आकस्मिकबाहेकका सेवा बन्द गरेको छ ।

अस्पताल विकास समितिले सेवाग्राहीलाई कोरोना सङ्क्रमणको उच्च जोखिमलाई ध्यानमा राखी आजदेखि आकस्मिक सेवाबाहेकका सम्पूर्ण सेवा हाल बन्द गरेको निमित्त मेडिकल सुपरटेण्डेण्ट डा जगदीश कुँवरले जानकारी दिए ।

सो बिरामीको उपचारमा संलग्न स्वास्थ्यकर्मीको कोरोना रिपोर्ट नेगेटेभि आएपछि मात्रै अस्पतालको सेवा सञ्चालन गरिने उनले बताए ।

गत हप्तादेखि अस्पतालमा भर्ना भई उपचार गराउँदै आएकी तानसेन नगरपालिका–११ की ८२ वर्षीया महिलामा कोरोना पुष्टि भएको हो । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *