काठमाडौँ उपत्यकामा थप ४०८ जनामा कोरोना संक्रमण

0
Shares

काठमाडौँ, २० भदौ । पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा थप ४०८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको कोरोना अपडेटमा प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौँमा ३२६ जना, भक्तपुरमा ४५ जना र ललितपुरमा ३७ जना गरी कुल ४०८ जनामा कोरोना संक्रमण भएको बताए ।

उनले पछिल्लो चौविस घण्टामा देशभर १२ हजार ४७३ जनाको पीसीआर परीक्षण गरिएको र १ हजार ४१ जना नयाँ संक्रमित भेटिएको सुनाए ।

यहि अवधीमा १ हजार ५६६ जना कोरोना जितेर डिस्चार्ज भएको समेत जानकारी दिए ।

आजको दिन नेपालमा कोरोनाको संक्रिय संक्रमितको संख्या १७ हजार ८७० जना रहेको समेत डा गौतमले सुनाए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *