काठमाडौँ उपत्यकामा थप ४०८ जनामा कोरोना संक्रमण

काठमाडौँ, २० भदौ । पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा थप ४०८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको कोरोना अपडेटमा प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौँमा ३२६ जना, भक्तपुरमा ४५ जना र ललितपुरमा ३७ जना गरी कुल ४०८ जनामा कोरोना संक्रमण भएको बताए ।

उनले पछिल्लो चौविस घण्टामा देशभर १२ हजार ४७३ जनाको पीसीआर परीक्षण गरिएको र १ हजार ४१ जना नयाँ संक्रमित भेटिएको सुनाए ।

यहि अवधीमा १ हजार ५६६ जना कोरोना जितेर डिस्चार्ज भएको समेत जानकारी दिए ।

आजको दिन नेपालमा कोरोनाको संक्रिय संक्रमितको संख्या १७ हजार ८७० जना रहेको समेत डा गौतमले सुनाए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *