चिकित्सक लाइसेन्स परीक्षाको तयारी पुरा

काठमाडौँ, १९ भदौ ।  नेपाल मेडिकल काउन्सिलले भोलि हुने नाम दर्ता (लाइसेन्स) परीक्षाको तयारी पुरा भएको जनाएको छ । कोभिड १९ को महामारीकाबीच काउन्सिलले यसपटक विकेन्द्रीकृत रुपमा परीक्षा सञ्चालन गर्दैछ ।

काउन्सिलका रजिष्ट्रार डा कृष्णप्रसाद अधिकारीले परीक्षाका लागि यसपटक उपत्यका र उपत्यका बाहिरका धेरैवटा परीक्षा केन्द्र तोकिएको भन्दै विषम परिस्थितिमा सौर्हाद ढंगले परीक्षामा सहभागी हुन् परीक्षार्थीलाई अनुरोध गरेका छन् । अहिलेसम्म केन्द्रीकृत ढंगले सञ्चालन भइरहेको परीक्षालाई अब देखि विकेन्द्रीकृत ढंगले सञ्चालन गर्ने योजना समेत अघि बढिसकेको भन्दै रजिष्ट्रार डा अधिकारीले यो पटकको परीक्षालाई मर्यादित र व्यवस्थित बनाउन आग्रह गरेका छन् ।

कोभिड – १९ का कारण काठमाडौँ उपत्यका सहित धेरै जिल्लामा स्थानीय प्रशासनले निषेधाज्ञा लगाएको भएपनि प्रवेशपत्र सहितका परीक्षार्थीलाई परीक्षाकेन्द्र जाउ आउमा कुनै अफ्ट्यारो नहुने उनले बताए ।

उनले परीक्षार्थीहरुलाई परीक्षा सुरु हुनु २ घण्टा अघि नै परीक्षा केन्द्रमा आउन भनिएको भन्दै स्वास्थ्यको सबै मापदण्ड पुरा गरेर परीक्षा सञ्चालन गर्ने तयारी भएको बताए ।

भोलि विहान ९ देखि १२ बजेसम्म हुने परीक्षा गत ८ चैतमा स्थगित भएको परीक्षा हो ।

‘यसपटक परीक्षा सकेर उत्तरपुस्तिका केन्द्रमा ल्याएपछि मात्रै नतिजा सार्वजनिक हुनेछ । त्यसैले नतिजा आउन एक दुई दिन लाग्न सक्छ,’ डा अधिकारीले भने ।

उनले यसपकटकको परीक्षामा ७९३ जना एमबीबीएस र २६७ वीडीएसका गरी कुल १ हजार ६० जनाले सहभागिता जनाउन लागेको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *