सात लाख मूल्य बराबरको अवैध औषधि बरामद

0
Shares

झापा, १६ भदौ । झापाको शिवसताक्षी नगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गबाट प्रहरीले करिब रु सात लाख मूल्य बराबरको अवैध औषधि बरामद गरेको छ ।

भन्सार छलेर ल्याउँदै गरिएको अवस्थामा प्रहरीले उक्त मूल्य बराबरको ओरियन्स कम्पनीको ३०७ बट्टा औषधि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एंव प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।

उनका अनुसार सोमबार दिउँसो दुई वटा मोटरसाइकल र एउटा स्कुटरमा सवार गरी आएका छ जना मानिसलाई इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई चेकजाँच गर्दा सो मूल्य बराबरको औषधि बरामद गरेको हो ।

बरामद गरिएको औषधि, मानिस तथा सवारी साधन आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालयमा बुझाएको उनले बताए ।

यसअघि प्रहरीले अवैधरुपमा नेपाल भित्र्याउँदै गरेको अवस्थामा मेचीनगरबाट करिब रु २० लाख बराबरको ओरियन्स कम्पनीकै विभिन्न नामका औषधिसमेत बरामद गरेको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *