नुवाकोट घर बताउने दुई महिला कोरोना संक्रमणपछि सम्पर्कविहीन

0
Shares

नुवाकोट, १५ भदौ । नुवाकोट घर भएका दुई महिला कोरोना रोगको सङ्क्रमण देखिएसँगै सम्पर्कविहीन भएका छन् । काठमाडौँमा पिसिआर जाँच गराएका ४५ वर्षीया नरमाया घले र १४ वर्षीया सरस्वती घले नाम गरेका व्यक्ति सम्पर्कविहीन भएका हुन् ।

कोरोना जाँचका लागि उनीहरुले काठमाडौँमा स्वाबको नमूना दिएको र ठेगाना ‘नुवाकोट, वडा नं ३’ उल्लेख गरे पनि अधुरो भएकाले सम्पर्कमा ल्याउन कठिन परेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

कार्यालयका सूचना अधिकृत उत्तम खनालका अनुसार नमूना दिँदा फोन नं उल्लेख नगरेको र ठेगानामा स्थानीय तहको नाममा जिल्लाको मात्र नाम समावेश भएकाले सङ्क्रमितलाई सम्पर्कमा ल्याउन कठिन परेको छ ।

कार्यालयले स्थानीय तहका जनप्रतिनिधि र प्रहरी एकाइलाई सङ्क्रमण देखिएका व्यक्तिको नाम र उमेरअनुसार मिल्दो विवरण देखिएमा सूचना दिन आग्रह गरेको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *