गण्डकी प्रदेशमा थपिए १३ जना कोरोना संक्रमित

0
Shares

काठमाडौँ, १५ भदौ । गण्डकी प्रदेशमा थप १३ जनामा कोरोना भाइरस (कोभिड–१९)संक्रमित देखिएको छ । प्रदेश क्षयरोग केन्द्र पोखरा, भरतपुर अस्पताल र चितवन मेडिकल कलेज भरतपुरमामा गरिएको नमुना परिक्षणमा गण्डकी प्रदेशमा थप १३ जनामा कोरोना पुष्टी भएको हो ।

जसमा गोरखाका २ जना, बाग्लुङका २ जना र नवलपरासीका ८ जना छन् । तीनीहरुमध्ये ५ महिला र ८ जना पुरुष छन् ।

सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।

यो संगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या २ हजार १५७ पुगेको छ । सक्रिय संक्रमितको संख्या ४ सय ५१ पुगेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *