जिल्ला प्रशासन कार्यालयमा शिशु सुताउन झोलुङ्गो

0
Shares

विधुर, ११ भदौ । जिल्ला प्रशासन कार्यालय नुवाकोटले सुत्केरी र शिशुसहित प्रशासनिक कामका लागि आएका महिलालाई मध्यनजर गर्दै स्तनपान कक्ष र शिशुका लागि झोलुङ्गोको व्यवस्था गरेको छ ।

कार्यालयको कामका लागि बच्चासहित आउने आमाका लागि गोप्य स्तनपान गराउन र बच्चालाई सुताउन दुई झोलुङ्गो प्रशासन कार्यालय परिसरभित्र व्यवस्थापन गरिएको छ ।

बच्चाको स्वास्थ्य अवस्था र जीवन सुनिश्चित गर्न स्तनपान सबैभन्दा बढी प्रभावकारी र सरल तरिका रहेकाले घरबाट प्रशासनिक काममा शिशुसहित आएका आमाका लागि लक्षित गर्दै स्तनपान कक्षको व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले जानकारी दिए ।

कार्यालयमा नागरिक सहायता कक्ष, दर्ता चलानी, सेवाग्राहीका लागि निशुल्क इन्टरनेटको सुविधा, स्यानीटाइजर र ज्वरो नाप्ने थर्मोमिटर कार्यालयको गेटभित्रै, सेवाग्राहीका लागि निःशुल्क निवेदन र सेवा लिनका लागि पेश गर्नुपर्ने कागजातको फोटोकपी सेवा उपलब्धसमेत गरिएको प्रशासकीय अधिकृत धर्मराज भट्टले जानकारी दिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *