काठमाडौँ उपत्यकामा थप १६६ जनामा कोरोना संक्रमण

0
Shares

काठमाडौं, ७ भदौ । पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा थप १६६ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौँमा १२६, ललितपुरमा १२ र भक्तपुरमा २८ गरी कुल १६६ जनामा कोरोना संक्रमण देखिएको बताए ।

उनले यहि अवधिमा देशभर २२० जना महिला र ५९८ जना गरी कुल ८१८ जनामा संक्रमण देखिएको बताए । पछिल्लो चौविस घण्टामा देशभर २८१ जना कोरोना जितेर मुक्त भएको समेत डा गौतमले जानकारी दिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *