बारा र पर्सामा ५ जना डाक्टर सहित थप १५६ जनामा कोरोना संक्रमण

0
Shares


वीरगञ्ज, ७ भदौ । बारा र पर्सामा थप १ सय ५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालस्थित पीसीआर प्रयोगशालामा ३ सय २० वटा स्वाब नमूना परीक्षण गर्दा  पर्साका १४५ र बाराका ११ जनामा कोरोना पुष्टि भएको हो ।

संक्रमितहरु ३ वर्षदेखि ७० वर्ष उमेर समूहका छन् ।

संक्रमित हुनेमा नेशनल मेडिकल कलेज र तराई हस्पिटलका गरी ५ जना डाक्टर, जिल्ला प्रहरी कार्यालयका कर्मचारी, नारायणी एफएमका कर्मचारी र जीतपुर आर्मी ब्यारेकका नेपाली सेना समेत रहेका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *