कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु, मृतकको संख्या १०७ पुग्यो

काठमाडौँ, १ भदौ । पछिल्लो चौबिस घण्टामा नेपालमा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले चौबिस घण्टामा थप ३ जनाको मृत्यु भएको बताए ।
प्रवक्ता डा गौतमले मोरङका ६० वर्षीय पुरुष, रौतहटका २५ वर्षीय पुरुष र काठमाडौँको ५८ वर्षीय महिलाको मृत्यु भएको जानकारी गराए ।
यो सहित हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०७ पुगेको छ ।
त्यसैगरी पछिल्लो चौविस घण्टामा देशभर थप ५८१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । भने निको भइ डिस्चार्ज हुनेको संख्या १६० रहेको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



