काठमाडौँ उपत्यकामा थप १६८ जनामा कोरोना संक्रमण

काठमाडौँ, १ भदौ । काठमाडौँ उपत्यकामा पछिल्लो चौविस घण्टामा थप १६८ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित कोरोना ब्रिफिङमा काठमाडौँमा १३९, ललितपुरमा १५ जना र भक्तपुरमा १४ जना गरी १६८ जनामा कोरोना संक्रमण देखिएको बताए ।

पछिल्लो चौविस घण्टामा देशभर महिला १७१ र पुरुष ४०८ गरी जम्मा ५८१ जनामा नयाँ संक्रमण देखिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *