स्वास्थ्य मन्त्रालयको थप एक कर्मचारीमा कोरोना संक्रमण
काठमाडौँ, १ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको थप एक कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । आइतबार बेलुका आएको पीसीआर परीक्षणको रिपोर्टमा एक जना कर्मचारीको पोजेटिभ आएको हो ।
मन्त्रालयका सहसचिव रघुराम बिष्टले संक्रमित कर्मचारी सवारी चालक भएको जानकारी दिए । यसअघि शनिबार पनि मन्त्रालय र संगै रहेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को एक एक जना सवारी चालकमा कोरोना संक्रमण देखिएको थियो ।
गत हप्ता मात्रै मन्त्रालयका तीन जना कार्यालय सहयोगीमा कोरोना संक्रमण देखिएको थियो । त्यसपछि कन्ट्याक्ट ट्रेसिङ गर्ने क्रममा सवारी चालकहरुमा संक्रमण देखिएको हो ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



