वीर अस्पतालको टिकट काउन्टरका कर्मचारीमा कोरोना संक्रमण

24
Shares

काठमाडौँ, १ भदौ । वीर अस्पतालका एक जना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । अस्पतालको टिकट काउन्टरमा कार्यरत कर्मचारीको पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो । आइतबार राती पोजेटिभ भएको रिपोर्ट आएको हो ।

‘अहिले उहाँलाई आइसोलेसनमा राख्ने तयारी हुँदैछ । संक्रमित कर्मचारीसंग काम गरेका काउन्टरका अन्य कर्मचारीको पीसीआर गर्ने तयारी छ,’ निर्देशक डा केदार सेन्चुरीले भने ।

यसअघि आइतबार नै अस्पतालको सरसफाईमा खटिएका एक कर्मचारीमा पनि कोरोना संक्रमण देखिएको थियो । त्यसअघि चार जना चिकित्सक र एक जना नर्स, एक जना सवारी चालकमा समेत संक्रमण देखिईसकेको छ ।

निर्देशक डा सेच्नुरीले काउन्टरका कर्मचारीमा संक्रमण देखिएपनि त्यहाँको सेवा नरोकिएको स्पष्ट पारे ।

पछिल्लो समय अस्पतालका कर्मचारीहरु संक्रमणमा पर्ने क्रम बढ्दै गएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *