काठमाडौँ उपत्यकामा थपिए ९८ जना कोरोना संक्रमित

काठमाडौँ, ३१ साउन ।पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा थप ९८ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित कोरोना ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौँ ८० भक्तपुरमा ९ र ललितपुरमा ९ गरी कुल ९८ जनामा कोरोना संक्रमण देखिएको विवरण प्रस्तुत गरे ।

उनका अनुसार काठमाडौँका संक्रमित देखिएका प्रयोगशालामा टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा २४, वीरमा ३, स्टार अस्पताल सानेपामा १०, नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा २४, विध ल्याव १०, वीरेन्द्र अस्पताल छाउनीमा ३, सुर्या हेल्थकेयरमा २ , नेपाल कोरिया मैत्री अस्पतालमा ४ र वी एण्ड वी अस्पतालमा १ गरी ८० रहेको छ ।

यस्तै ललितपुरका संक्रमितहरु स्टार अस्पताल सानेपाबाट ७ जना, वीधबाट १ जना र वी एण्ड वी बाट १ जना गरी नौ जना रहेका छन् । यस्तै भक्तपुरमा वीर अस्पतालमा एक जना र नेपाल कोरिया मैत्री अस्पतालबाट ८ जना नयाँ संक्रमित भेटिएको छ ।

आजको विवरणमा उपत्यकामा धेरै संक्रमितहरु आउने त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल, शहीद शुक्रराज सरुवा रोग अस्पतालको विवरण उल्लेख छैन् । त्यहाँबाट रिपोर्ट आउन ढिलाई भएको हो कि आजको परीक्षणको दर सून्य भएको हो त्यो भने खुलाईएको छैन् ।

पछिल्लो चौविस घण्टामा देशभर ४६८ जनामा कोरोना संक्रमण देखिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *