कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यकारी सदस्य पदमा डा. अनुप मंगल समाल नियुक्त
काठमाडौँ, २९ साउन । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यकारी परिषद् सदस्य पदमा डा अनुप मंगल समाल नियुक्त भएका छन् । प्रतिष्ठानका उपकुलपति प्राडा राजेन्द्रराज वाग्लेको सिफारिसमा सहकुलपति समेत रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले विहीबार (आज) डा समाललाई सदस्य पदमा नियुक्त गरेका हुन् ।
समाल एमडीजीपी डाक्टर हुन् । उनी विगत पाँच बर्ष देखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत छन् ।
प्रतिष्ठान कार्यकारी सदस्य पदको अवधी तीन बर्षको हुनेछ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



