त्रिवि शिक्षण अस्पतालका दुई जना नर्समा कोरोना संक्रमण

फाइल फोटो

काठमाडौँ, २७ साउन ।  त्रिवि शिक्षण अस्पतालका दुई जना नर्सलाई कोरोना संक्रमण देखिएको छ । मंगलबार गरिएको पीसीआर परीक्षणमा मेडिसिन विभागमा कार्यरत नर्सहरुमा संक्रमण देखिएको हो ।

अस्पतालका निर्देशक प्राडा रोहितकुमार पोखरेलले दुई जना नर्समा संक्रमण देखिएको पुष्टि गरे । ‘दुई जनामा संक्रमण देखिएको छ । उहाँहरु अहिले आइसोलेसनमा हुनुहुन्छ,’ प्राडा पोखरेलले भने ।

उनले संक्रमितहरुसंग प्राइमरी कन्ट्याक्टमा रहेका चिकित्सक तथा नर्सहरुलाई क्वारेन्टिनमा राखिएको समेत जानकारी दिए ।

वीरका संक्रमित डाक्टरको त्रिवि शिक्षण अस्पतालमा उपचार
यसैसाता कोरोना संक्रमणमा परेका आफ्ना वरिष्ठ फिजिसियनको उपचार वीर अस्पतालमै हुने निर्देशक डा केदार सेन्चुरी बताएका थिए । तर दुई दिन वीरमा राखिएका ती फिजिसियनलाई अहिले भने त्रिवि शिक्षण अस्पतालमा उपचार गरिएको छ ।

वीरका कतिपय स्वास्थ्यकर्मीले अस्पतालमा राम्रो सेवा नदिएपछि परिवारले त्रिवि शिक्षण अस्पताल लगेको दावी गरेका छन् । तर वीरका कोभिड -१९ संयोजक डा विधान निधी पौडेलले भेन्टिलेटर सहितको आइसीयू चाहिने जस्तो देखिएपछि त्रिवि शिक्षण अस्पतालमा पठाइएको बताए ।

‘उहाँलाई भेन्टिलेटर सपोर्ट नै चाहिन्छ कि जस्तो देखियो । हामीकहाँ भेन्टिलेटर पहिले नै प्याक थियो । अरु विरामीलाई हटाउन मिलेन । त्यसबीचमा त्रिविमा भेन्टिलेटर खाली भएको सुनियो । त्यसपछि उतै पठाइयो,’ डा पौडेलले भने ।

त्रिवि शिक्षण अस्पतालमा कोभिडका लाग छुट्याएको पाँचवटा आइसीयू सबै भरिएका छन् । भेन्टिलेटरमा भने अहिलेसम्म कसैलाई राख्न नपरेको शिक्षण अस्पतालका निर्देशक डा पोखरेलले बताए । वीरका डाक्टर पनि अहिले त्रिवि शिक्षण अस्पतालको आइसीयूमा उपचाररत छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *