काठमाडौँ उपत्यकामा थप १३२ जनामा कोरोना संक्रमण

काठमाडौँ, २७ साउन । पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा १३२ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना अपडेटमा प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौँमा ११० जना, ललितपुरमा १४ जना र भक्तपुरमा ८ जनामा संक्रमण देखिएको हो ।

डा गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा पीसीआर परीक्षण गर्दा काठमाडौका २८ जना, ललितपुरका १ र भक्तपुरका ४ जनामा संक्रमण देखिएको छ । यस्तै शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु प्रयोगशालामा काठमाडौँका २० र भक्तपुरका २ जनामा संक्रमण देखिएको छ ।

यस्तै वीर अस्पतालमा काठमाडौँका ३ जना, त्रिवि शिक्षण अस्पतालमा काठमाडौँका १३ जना ललितपुर र भक्तपुरका एक एक जनामा संक्रमण देखिएको छ ।

यस्तै पाटन अस्पतालमा काठमाडौँका ८ र ललितपुरका ८ जना, स्टार अस्पताल सानेपामा काठमाडौँका १४ र ललितपुरका १ जना, बीध प्रयोगशालामा काठमाडौँका २ र ललितपुरका २ जनामा संक्रमण देखिएको छ ।

यसैगरी नेपाल प्रहरी अस्पतालमा काठमाडौँका ५ जना, ह्याम्स अस्पतालमा काठमाडौँका ८ र ललितपुरका १, नेपाल कोरिया मैत्री अस्पतालमा काठमडौँका ४ र भक्तपुरमा १ जना, नेपाली सेनाको अस्पतालमा काठमाडौँका ३ र केएमसी २ जनामा संक्रमण देखिएको छ ।
पछिल्लो चौविस घण्टामा ६३८ जनामा संक्रमण देखिएको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *