वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्धारा ओपीडी सेवा अनिश्चितकालिन बन्द घोषणा

धरान, २७ साउन । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले बुधबार देखि अनिश्चित कालका लागि ओपिडी सेवा बन्द हुने जनाएको छ । कोभिड १९ संक्रमणको खतरा बढेपछि ओपिडी सेवा बन्द हुने जनाएको हो ।

कोभिड १९ नियन्त्रणका लागि स्थानीय सरकारले एक सातासम्म लकडाउन घोषणा गरेको र आफ्नै परिसर भित्र समेत संक्रमण देखिएको भन्दै प्रतिष्ठानले अनिश्चित कालका लागि ओपिडी बन्द हुने अस्पतालका सहायक निर्देशक डा विकास साहद्धारा आज जारी विज्ञप्तीमा उल्लेख छ ।
पछिल्लो समय देशभर कोरोना संक्रमण बढ्दो क्रममा छ । अझ् अस्पताल र कार्यरत स्वास्थ्यकर्मीहरु झनै जोखिममा पर्न थालेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *