वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्धारा ओपीडी सेवा अनिश्चितकालिन बन्द घोषणा
धरान, २७ साउन । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले बुधबार देखि अनिश्चित कालका लागि ओपिडी सेवा बन्द हुने जनाएको छ । कोभिड १९ संक्रमणको खतरा बढेपछि ओपिडी सेवा बन्द हुने जनाएको हो ।
कोभिड १९ नियन्त्रणका लागि स्थानीय सरकारले एक सातासम्म लकडाउन घोषणा गरेको र आफ्नै परिसर भित्र समेत संक्रमण देखिएको भन्दै प्रतिष्ठानले अनिश्चित कालका लागि ओपिडी बन्द हुने अस्पतालका सहायक निर्देशक डा विकास साहद्धारा आज जारी विज्ञप्तीमा उल्लेख छ ।
पछिल्लो समय देशभर कोरोना संक्रमण बढ्दो क्रममा छ । अझ् अस्पताल र कार्यरत स्वास्थ्यकर्मीहरु झनै जोखिममा पर्न थालेका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



