स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. उप्रेतीद्धारा पदवहाली

224
Shares

काठमाडौँ, २७ साउन ।  स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा.  सेनेन्द्रराज उप्रेतीले पदवहाली गरेका छन् । सोमबार दिउसो बीमा बोर्डको कार्यालय टेकु पुगेर पदवहाली गरेका हुन् ।

स्वास्थ्य मन्त्री भानुभक्त ढकालको सिफारिसमा गत १९ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले पूर्व सचिव समेत रहेका डा उप्रेतीलाई स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा नियुक्ति गर्ने निर्णय गरेको थियो ।  नियुक्ति भएको एक सातामा उनले पदवहाली गरेका हुन् ।

यसअघि १२ साउनमा बसेको मन्त्रिपरिषद बैठकले बोर्डको यसअघिका अध्यक्ष डा. उमाशंकर प्रसादले पदबाट दिएको राजिनामा स्वीकृत गरेको थियो ।

स्वास्थ्य बीमा बोर्डको अध्यक्षको पदावधी चार बर्षको हुनेछ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *