कर्णाली प्रदेशमा थपिए ९ जना कोरोना संक्रमित

0
Shares


सुर्खेत, २५ साउन । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा थप ९ जनामा कोरोना संक्रमण देखिएको छ ।

पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा ३ जना र कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पीसीआर प्रयोगशाला परीक्षणमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार थपिएका संक्रमित सुर्खेतका २ जना, दैलेखका १, जुम्लाका ४ र कालिकोटका २ जना हुन् ।

यससँगै कर्णालीमा कोरोना संक्रमितको संख्या १ हजार ९७९ पुगेको छ ।

त्यसैगरी कर्णालीमा हालसम्म कोरोना जितेर डिस्चार्ज हुनेको संख्या १ हजार ८८० पुगेको छ । भने कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *