काठमाडौँमा १ सहित थप ३ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ७३ पुग्यो


काठमाडौँ, २४ साउन । पछिल्लो चौबिस घण्टामा नेपालमा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौँ, पर्सा र मोरङका एक एक जनाको मृत्यु भएको जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको मृतकको संख्या ७३ पुगेको छ ।

मृत्यु हुनेमा काठमाडौँ टोखा ६ की ४१ वर्षीय महिलाको हुन् । उनी पाटन अस्पतालमा उपचाररत थिइन्। उनको साउन २३ गते मृत्यु भएको मन्त्रालयले जनाएको छ ।  निज पाठेघरको क्यान्सर र निमोनियाको समेत बिरामी थिइन् ।

यस्तै, मोरङको विराटनगर महानगरपालिका वडा नं ९ का ५८ वर्षीय एक पुरुषको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको छ । साउन २३ गते बिहान उनको मृत्यु भएको हो । निमोनिया भई श्वासप्रश्वासमा कठिनाई भएपछि उनलाई कोशी अस्पतालमा भर्ना गरिएको थियो । उनी उच्च रक्तचापका बिरामी समेत थिए ।

त्यसैगरी पर्साका ७४ वर्षीय एक पुरुषको उपचारको क्रममा मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।  स्वास्थ्यमा समस्या भएपछि शुक्रबार बिहान १ बजे उनलाइ नारायणी कोभिड अस्पतालमा भर्ना गरिएको थियो । उनको शनिबार बिहान कोरोना पुष्टि भएको हो । उनी मधुमेह र दमका बिरामी रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *