गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना संक्रमण

काठमाडौँ, २४ साउन । गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना भाइरस(कोभिड–१९)संक्रमित देखिएको छ ।
गत २४ घन्टामा क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको कुल ७८२ नमुना परिक्षणमा ४ जिल्लाका २४ जनामा कोरोना पुष्टी भएको हो । जसमा स्याङ्जाका ७ , म्याग्दीका १, कास्कीका ३ र बाग्लुङका १३ रहेका छन् । संक्रमित मध्ये बाग्लुङका संक्रमितहरु महोत्तरी जिल्लाबाट आएकाहरु हुन् ।
सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।
यो संगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या १ हजार ६११ पुगेको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



