वीर अस्पतालका एक जना चिकित्सकमा कोरोना संक्रमण

काठमाडौँ, २२ साउन ।  वीर अस्पतालका एक जना चिकित्सकमा कोरोना संक्रमण देखिएको छ । अस्पतालका इन्टरनल मेडिसिन विभागमा कार्यरत पुरुष डाक्टरमा संक्रमण देखिएको हो ।

अस्पताल स्रोतका अनुसार उनमा ज्वरो आउने र पखला लाग्ने समस्या भएको थियो । आज अस्पतालमै गरिएको पीसीआर परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो ।

अहिले उनलाई अस्पतालकै आइसोलेसन वार्डमा भर्ना गरेर राखिएको छ । उनको स्वास्थ्य अवस्था भने अहिले सामान्य रहेको बताइएको छ ।

अस्पतालमा कार्यरत  १० जना बढी  स्वास्थ्यकर्मी क्वारेन्टाइनमा

अस्पतालमा आएका विरामी र चिकित्सकमा समेत संक्रमण देखिएपछि वीर अस्पतालले केही चिकित्सक तथा नर्सहरुलाई अस्थायी क्वारेन्टिनमा राखेको छ ।

अस्पतालले सुन्धारामा एक होटललाई भाडामा लिई आफ्ना स्टाफ राख्ने अस्थायी क्वारेन्टिन बनाएको छ ।

अस्पतालका निर्देशक डा केदार सेन्चुरीले संक्रमणको हुनसक्ने सम्भावित करीब १० जना स्वास्थ्यकर्मीलाई अस्पतालको अस्थायी क्वारेन्टाइनमा राखेको बताए ।

यता काठमाडौँ उपत्यकामा जोखिम बढेसंगै अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुसमेत संक्रमणमा पर्न थालेपछि स्वास्थ्य मन्त्रालयले थप सतर्कता अपनाउन आम सर्वसाधारणसंग अपिल गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *