स्वास्थ्यको चेतावनी : ‘अस्पतालले नधान्न सक्छ, स्वास्थ्यकर्मी अपुग हुनसक्छन्’

काठमाडौँ, २२ साउन । काठमाडौँमा कोरोना संक्रमण दर बढ्दो क्रममा देखिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आम सर्वसाधारण समक्ष पुन: अपिल गरेको छ । उसले पछिल्ला दिनमा आएका रिर्पोटहरुले परिस्थिति अप्टेरो बन्दै गएको देखिएको भन्दै सर्वसाधारणलाई सचेत र सतर्क रहन अपिल गरेको हो ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सवा ४ बजेको कोभिड १९ मिडिया ब्रिफिङमा सात बुँदे अपिल जारी गर्दै भने, संक्रमण बढदै गएमा हाम्रा अस्पतालले धान्न सक्दैनन् । र हाम्रा स्वास्थ्यकर्मीहरु पनि अपुग हुनसक्छन् । र अकालमा ज्यान जान सक्छ । यसकारण रोग लाग्नै नदिनका लागि बेलैमा होसियारी हौं । बुद्धी पु¥याउँ ।

अपिलमा अरु के के भने ?

१. सरकारी सामुदायिक तथा निजी कार्यलयहरुमा बैठक गोष्टी, सेमिनार तथा अन्य जमघट तुरुन्त बन्द गर्नु । बन्द गर्न नमिल्ने भए त्यसलाई भच्युअली गर्नु ।

२. भारतीय सीमा क्षेत्रमा कोरोना संक्रमण दर उच्च रहेकोले प्रदेश सरकार, स्थानीय पालिकाहरु , गैर सरकारी संघ संस्थाहरु। शिक्षक, विद्यार्थी र अन्य पेशा व्यावसायका व्यक्तिहरुलाई सावधानी अपनाउन र अपनाउने बाताबरण बनाउनु ।

३. स्वाब संकलन गरेपछि कुनै पनि व्यक्तिे रिपोर्ट नआउँदासम्म अनिवार्य रुपमा क्वारेन्टिनमा बस्नु ।

४.  काठमाडौँ उपयका लगायत घनावस्ती भएका क्षेत्रहरुमा कोरोना संक्रमणमा बृद्धि भइरहेकोले अस्पतालका बेड उपकरण र स्वास्थ्यकर्मीहरुको अभाव हुने सम्भावना रहेको छ । यसकारण जनस्वास्थ्यको मापदण्ड जस्तै अत्यावश्यक नपरी घरबाट ननिस्कने, दुईमिटरको दुरी कायम गर्ने ,अनिवार्य रुपमा मास्क लगाउने, र सावुन पानीे वा स्यानिटाइजरले हात सफा गर्न मन्त्रालय अपिल गर्दछ ।

५. अस्पतालहरुले कर्मचारीलाई सिफ्टमा काम गर्ने व्यवस्था मिलाउन, चिकित्सक नर्स तथा अन्य स्वास्थ्यकर्मीहरुलाई अनिवार्य रुपमा जनस्वास्थ्यको मापदण्ड अवलम्बन गराउन र त्यसको लकबुक राख्नु ।

६. कोभिड १९ को कुनै पनि उपचार पत्ता लागेको छैन् । औषधि अक्सिजन र भेन्टिलेटरले सहयोग मात्रै गर्ने हो । ।रोगको उपचार नहुने भएकोले रोग लाग्न नदिनु नै उत्तम उपाय हो ।

७. संक्रमण बढदै गएमा हाम्रा अस्पतालले धान्न सक्दैनन् । र हाम्रा स्वास्थ्यकर्मीहरु पनि अपुग हुनसक्छन् । र अकालमा ज्यान जान सक्छ । यसकारण रोग लाग्नै नदिनका लागि बेलैमा होसियारी हौं । बुद्धी पु¥याउँ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *