गण्डकी प्रदेशमा थप २० जनामा कोरोना संक्रमण


काठमाडौँ, १८ साउन । गण्डकी प्रदेशमा थप २० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमित देखिएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणमा स्याङ्जाका ८ जना, कास्कीका ६ जना, लमजुङका ३ जना, तनहुँका २ जना र बागलुङका १ जनामा संक्रमण पुष्टि भएको हो ।

सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ । यो संगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या १ हजार ५०५ पुगेको छ ।

गण्डकीमा हालसम्म १ हजार २४५ जना आइसोलेसनबाट डिस्चार्ज भएर घर गइसकेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *