सांसद प्रदीप यादवलाई कोरोना संक्रमण

काठमाडौँ, १७ साउन ।  जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवलाई कोरोना भारइसको संक्रमण देखिएको छ । सांसद यादव आफैंले यसबारे शुक्रबार राती सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका हुन् ।

उनले फेसबुकमा लेखेका छन्, मैले आफ्नो पिसिआर परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएको जानकारी गराउन चाहन्छु। मेरो स्वास्थ्यमा भने कुनै समस्या देखिएको छैन। म आफ्नै घरमा आइसोलेसनमा बसिरहेको छु ।

उनले अरूलाई पनि जोखिमलाई ध्यानमा राख्दै मास्कको प्रयोग गर्न र सामाजिक दूरी कायम गर्न आग्रह गरेका छन्। साथै उनले आफू छिट्टै निको हुने र फेरी जनताको काममा फर्किने प्रतिवद्धता जनाएका छन्।

पछिल्लो समय वीरगन्जमा संक्रमणको जोखिम बढेको र त्यहाँ आवश्यक भेन्टिलेटर र विज्ञ टोलीसमेत खटाउन, सीमामा आवत जावत रोक्ने लगायतका माग उल्लेख गर्दै प्रधानमन्त्रीलाई पत्र लेखेको समेत उनले जानकारी दिएका छन् ।

यस्तै वीरगञ्जको पछिल्लो अवस्था बारेमा स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई समेत जानकारी गराएको उनले भनेका छन् ।

यसअघि वीरगन्ज महानगरपालिकाका मेयर विजय सरवागीलाई पनि बिहीबार बिहान संक्रमण पुष्टि भएको थियो। उनी पनि काठमाडौंस्थित आफ्नो निवासमा आइसोलेसनमा बसिरहेका छन्। उनको मेडिसिटी अस्पतालमा परीक्षण गर्दा संक्रमण पोजेटिभ देखिएको थियो।

मेयर सरवागी गत सोमबार एक कार्यक्रममा सहभागी हुन वीरगन्जबाट काठमाडौं आएका थिए। पछिल्लो समय बारा पर्सा लगायतका क्षेत्रमा कोरोना संक्रमण फैलिएको छ ।

चिकित्सकहरुले त्यस क्षेत्रमा कोरोना संक्रमण समुदायस्तरमै फैलिएको दावी गरेका छन् । तर सरकारले समुदायस्तरमा फैलिईसकेको भन्न नमिल्ने बताउँदै आएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *