सवारी साधनमा जोरविजोर प्रणाली गर्न स्वास्थ्यले पठायो गृहलाई चिठी

0
Shares

काठमाडौँ, १६ साउन । लकडाउन खुलेसंगै हटेको सवारी साधन सञ्चालन गर्ने जोरबिजोर प्रणाली पुन कायम गर्न स्वास्थ्य मन्त्रालयले गृहमन्त्रालयलाई चिठी पठाएको छ । लकडाउन पछि यातायातको सहज सञ्चालन हुँदा मानिसहरु घरबाहिर निस्कने क्रम ह्वात्तै बढेको र कोरोना संक्रमण दर समेत उकालो लागेको भन्दै स्वास्थ्यले पुन जोरबिजोर प्रणाली लागू गर्न भन्दै चिठी पठाएको हो ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्न गत ११ साउनमै चिठी पठाएको बताए । उनले एउटै चिठीमा जोरबिजोर संगै काठमाडौँ उपत्यका छिर्ने नाकामा बेलुकी ७ देखि विहान ७ बजेसम्म सवारी आवागमन रोक्न भन्दै अनुरोध पत्र पठाएको बताए । गृहले काठमाडौँ छिर्ने नाकामा बेलुका ७ देखि विहान ७ सम्म सवारी साधन चल्न नदिने निर्णय भने हिजोबाट लागू गरेको छ ।

‘लकडाउन खुलेपनि कोरोना जोखिम घटेको छैन् । बरु जोखिम बढेको छ । तर मानिसहरुले सामान्य अवस्था जस्तै भिडभाड गर्न थाले, काठमाडौँ झन् झन् संक्रमण बढ्न थाल्यो । केशहरु छरिन थाले । त्यसैले हामीले आवातजावतमा कम गर्नका लागि पनि जोरबिजोर प्रणाली लागू गर्न भनेका हौँ । गृहबाट यसको निर्णय भएको छैन्,’ डा अधिकारीले भने ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *