गण्डकी प्रदेशमा थप ६ जनामा कोरोना संक्रमण

काठमाडौँ, १६ साउन । गण्डकी प्रदेशमा आज थप ६जनामा कोरोना भाइरस (कोभिड-१९)संक्रमण देखिएको छ।
क्षयरोग उपचार केन्द्र पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान पोखरामा गरिएको नमुना परिक्षणमा थप नयाँ ६ जनामा कोरोना पुष्टि भएको हो ।
संक्रमित हुनेमा ३ जिल्लाका रहेका छन् । जसमा म्याग्दीका २ पुरुष तनहुँका १ पुरुष र कास्कीका २ पुरुष र १ जना महिला रहेका छन् ।
संक्रमित सबै व्यक्तिहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।
यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ४८५ पुगेको छ । यसैगरी निको हुनेको संख्या १ हजार २४३ पुगेको
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 
