आठ जना डाक्टर, छ जना नर्स, चार जना प्यारामेडिक्ससहित नारायणी अस्पतालका २८ जनामा कोरोना संक्रमण

काठमाडौँ, १६ साउन । वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक नर्स, स्वीपर देखि एम्बुलेन्स ड्राइभरसम्मलाई कोरोना संक्रमण भएको छ । अस्पतालमा कार्यरत केही स्वास्थ्यकर्मीमा संक्रमण देखिएपछि गरिएको कन्ट्याक्ट ट्रेसिङका क्रममा ठूलो संख्यामा कोरोना संक्रमण देखिएको हो ।

अस्पतालका मेडिकल सुपरीटेन्डेन डा मदनकुमार उपाध्यायले बिहीबार रातीसम्म ८ जना चिकित्सक, ६ जना नर्स, ४ जना प्यारामेडिक्समा संक्रमण देखिएको छ । यस्तै ४ जना स्वीपर, ३ जना कार्यालय सहयोगी, एक जना स्टोर किपर र एक जना एम्बुलेन्स ड्राइभरलाई समेत कोरोना संक्रमण देखिएको छ ।

एकैपटक ठूलो संख्यामा स्वास्थ्यकर्मीहरुमा संक्रमण देखिदा अस्पतालको सेवामा समेत गम्भीर असर पर्न सक्ने देखिएको छ । अस्पतालले आफ्ना कर्मचारीमा संक्रमण देखिएपछि स्थानीय निकाय महानगरपालिकासंग स्वास्थ्यकर्मी उपलव्ध गराउन सहयोेग मागेको थियो । तर महानगरपालिका अन्तरगर्तका स्वास्थ्यकर्मीहरुले जोखिमभत्ताको ग्यारेन्टी नभएसम्म काममा सहभागी नहुने भन्ने अडान लिदै सेवामा सहभागी नभएपछि प्रहरीले पक्राउ गरेको थियो ।

‘स्थानीय तहबाट थप स्वास्थ्यकर्मी आएका छैनन् । मैले जानकारी स्वास्थ्य मन्त्रालयलाई पनि गराई सकेको छु,’ डा उपाध्यायले भने । उनले अहिले अस्पतालमा ६१ जना संक्रमित रहेको जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *