वीरगञ्जमा थप तीन जनाको कोरोना संक्रमणबाट मृत्यु, कुल मृत्युको संख्या ५५ पुग्यो

पर्सा, १६ साउन । वीरगन्जमा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । ती दुई जनाको मृत्युपछि कोरोना पुष्टि भएको हो । एक जना भने पहिले नै पुष्टि भई आइसीयूमा राखिएका व्यक्ति हुन् ।

नारायणी अस्पतालका मेसु डा मदनकुमार उपाध्यायका अनुसार वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवाका ३५ वर्षीय पुरुषको बिहीबार बेलुका ७:४० बजे गण्डक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।  उनी ५ साउनबाट विभिन्न अस्पताल चाहारेका उनलाई १३ साउनमा गण्डक अस्पताल पुरयाइइएको थियो । १५ साउन बेलुका उनको ज्यान गएको हो ।

यस्तै वडा नम्बर २ छपकैयाका ७० वर्षीय पुरुषको घरमै सुतेको अवस्थामा मृत्यु भएको थियो ।  उनलाई ज्वरोको लक्षण भएको बताइएको छ । मृत्युपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए । उनीहरुको कोरोना परीक्षण रिपोर्ट बेलुका आएको हो । दुबैको पोजेटिभ छ ।

यस्तै गण्डक अस्पतालकै आइसीयूमा उपचाररत एक जना ५६ बर्षका पुरुषको पनि ज्यान गएको छ । मृतक जगदम्बा ग्रुपको सीईओ भएको बताइएको छ । उनी मुटुको विरामी समेत थिए । उनको बिहीबार राती  साढे ११ बजे मृत्यु भएको डा उपाध्यायले जानकारी दिए ।

यो संगै नेपालमा कोरोना संक्रमणबाट ज्यान जानेका संख्या ५५ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *