सरकारले तोक्यो कोरोनाको उपचार गर्ने निजी अस्पतालको दररेट

काठमाडौँ, १५ साउन । सरकारले कोरोना भाइरस (कोभिड-१९) को उपचार गर्ने निजी अस्पतालको दर रेट तोकिदिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमित व्यक्ति र अस्पतालको समेत सहमतिमा उपचार गर्न चाहेको खण्डमा लेभल १, २ र ३ वाला अस्पतालको प्रतिदिन लिन पाउने दररेट तोकिदिएको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रमित व्यक्ति र अस्पतालको सहमतिमा लेभल १, २ र ३ वाला अस्पतालले यदि संक्रमित व्यक्ति सामान्य अवस्थामा भए प्रतिदिन ३ हजार ५ सय रुपैयाँ, मध्यम खालको अवस्था भए ७ हजार र क्रिटिकल अवस्था भए १५ हजार रुपैयाँ तोकिएको हो ।

यस्तै कोरोना उपचारका लागि सूचीकृत नभएका तर संकास्पद विरामीहरुको पीसीआर जाँच गर्नुपर्ने अवस्था भएमा सम्वन्धीत अस्पतालले १० प्रतिशत नबढ्ने गरी शुल्क लिन पाउने निर्णय गरेको छ ।

‘यो भनेका उनीहरुको भिटिएम र पीपीईको खर्च हो । १० प्रतिशत भनेको ५५०० मा बढीमा ५५० अर्थात ६ हजार ५० रुपैयाँ नबढ्ने गरी भनिएको हो,’ डा गौतमले प्रष्ट पारे ।

यस्तै मन्त्रालयले ए लेभलका धेरै निजी प्रयोगशालालाई परीक्षण स्वीकृति दिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *